४ दिनदेखि सुनको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 10:55:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । आइतबार पनि स्थिर रहेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । सुनको मूल्य भदौ ७ गतेदेखि नै स्थिर अर्थात् आज लगातार ४ दिनसम्म स्थिर रहेको छ ।

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५०  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved