बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2023 | 11:01:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला  १ लाख ११ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७३ रुपैयाँ कायम गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved