घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 10:56:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६० रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved