घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 11:11:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मगंलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला १ लाख १३ हजारमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ६ सय २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार १ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved