घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोेबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 10:56:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजारमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved