सुनको मुल्य स्थिर, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 10:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा केही कमी आएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मुल्यमा स्थिर छ ।

आज तेजावी सुन पनि १ लाख १० हजार ६ सय ५० रुपैयाँमा स्थिर छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८७.५० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved