आज पनि बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 10:58:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख  १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४  सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved