आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 10:39:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । 

आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved