५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 11:11:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 आज आइतबार सुन चादीँको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २६ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved