घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 10:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ४ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ९ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ६२ रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved