होल्ड भएका सिलिन्डर उठाउन खटियो प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 04:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अक्सिजन सिलिण्डरको बजारमा अभाव भएपछि स्टक गरेर राखिएका सिलिण्डर उठाउन प्रहरी परिचालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएका सिलिण्डर उठाउन प्रहरी परिचालन गरिने निर्णय भएको हो ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालका अनुसार बजारमा अभाव भएकाले लगेका सिलिण्डर फिर्ता गर्न गरिएको अनुरोध नमान्ने उद्योगबाट सिलिण्डर उठाउन प्रहरी परिचालन गरिएको हो । केही उद्योगबाट प्रहरीले सिलिण्डर उठाएर ल्याउन पनि थालिसकेको उनको भनाई छ । कुन उद्योगले कति सिलिण्डर लगेका छन् भनेर अक्सिजन उद्योगले दिएको विवरणका आधारमा प्रहरी खटिएको हो । 

निजी क्षेत्रबाट सञ्चालित उद्योगहरुका अनुसार देशभर १ लाख ८ हजार १६४ वटा अक्सिजन सिलिण्डर छन् । यी मध्ये ६९ हजार ३५० वटा ठूला र ३८ हजार ८१४ वटा साना सिलिण्डर छन् । काठमाडौंमा मात्रै ४७ हजार ठूला र २९ हजार ९१० वटा साना सिलिण्डर रहेको बताइन्छ । उपत्यका बाहिर २२ हजार ३५० वटा ठूला र ८ हजार ९०४ वटा साना सिलिण्डर छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved