कोभिडबारे निःशुल्क परामर्श सेवा दिदै जीवी हेल्थ र न्येफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 12:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवी हेल्थ प्रा लि र NYEF Jeevee एपले सहकार्यको लागि सम्झौता गरेका छन्  । जसअन्तर्गत जीवी हेल्थ र न्येफकाे जिवी  एप  प्लेटफर्ममा  कोविड़ १९  बिरामीहरूको लागि  निःशुल्क परामर्श सेवा दिइने छ । 

जसमा एमडि र डिएम माथिको योग्यता भएका विशेषज्ञहरूले हप्तामा दुई पटक निशुल्क अनलाइन भिडियो परामर्श उपलब्ध  गराउने छन्। 

यस सेवाको प्रयेगका लागि  प्लेस्टाेर वा एप स्टाेरबाट जिवी डाउनलोड गर्नुपर्नेछ, प्रयोगकर्ताको रूपमा दर्ता गरेर सेवाग्राहीहरूले  नमस्ते डाक्टर सुविधा मार्फत निशुल्क परामर्श बुक गर्न सक्नेछन् । 

हाल यो सेवा जिवी एप मा  मात्र उपलब्ध छ। यो सेवा नमस्ते डाक्टर भनिने जिवीको अवस्थित सेवा अन्तर्गत सुरू गरिएको हो जहाँ एन्ड्रोक्रिनोलॉजिस्ट, त्वचा विशेषज्ञ, इत्यादि सहित नेपालका १००० बढी  शीर्ष विशेषज्ञहरूसँग भिडियो परामर्श लिन सकिन्छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved