६ महिनापछि खुल्यो रसुवागढी नाका, खासा तातोपानी नाकाबारे के भन्छ चीन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 05:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ कारण बन्द रहेको रसुवागढी नाका बिहिबारबाट खुल्ने भएको छ। दुवै नाका बन्द भएको कारणबारे जानकारी दिनलाई बिजपाटी डटकमले लेखेको पत्रको जवाफ दिंदै लासास्थित कन्सुलेट जेनेरलले भोलिदेखि रसुवागढी नाका खुल्ने जनाएको हो।

आज केरुङ रसुवागढी नाकाबाट बिसीजी भ्याक्सिन लिएर एउटा कन्टेनर काठमाडौं हिंडेको जानकारी दिँदै लासास्थित कन्सुलेट जेनेरलले रसुवागढी नाका भोलिदेखि संचालनमा आउने जानकारी दिएको हो।

रसुवागढी नाका बन्द हुनुको मुख्य कारण कोभिड १९ भएको र त्यसमा अन्य कारणहरु जस्तै बाढी, हिमपहिरो र चिनियाँ चाडवाड पनि रहेको चिनको दाबि छ।

नाका बन्द हुँदा नेपाली व्यवसायी प्रभावित भएको र कन्टेनर तथा चिनियाँ सिमामै सामान अड्किदा बिग्रिएकोबारे आफुहरु जानकार रहेको बताउँदै चीनले जतिसक्दो छिट्टो खासा तातोपानी नाका पनि सुचारु गर्ने प्रतिबद्धता जनाएको छ।

-‘चीनमै ६० करोडको स्याउ फाल्यौं, ओली सरकारले सुनेन, बैंकले बुझेनन्’ (भिडियोसहित)

-सरकारले नसुनेपछि चिनियाँ दुतावास घेर्ने नेपाली व्यवसायीको तयारी

‘नाका बन्दको क्षतिबारे हामी जानकार छौँ, नाका खोल्न नेपाल सरकारले केही पनि पहल गरेन भन्नु गलत हो’ बिजपाटीले राखेको जिज्ञासामा कन्सुलेट जेनेरलले भनेको छ, ‘तिब्बत सरकारसँग पनि हामी नियमित संवादमा नै छौँ, लासा भन्सारसँग पनि छलफलमै छौँ, तातोपानी नाकाबारे पनि चाँडै निर्णय हुनेमा आशा गर्न सकिन्छ ।’

-चीनको एकतर्फी 'नाकाबन्दी' ले नेपाली व्यवसायीको उठिबास, जोखिममा बैंकको १० अर्ब

-सत्तापक्षले नसुनेपछि विपक्षीसँग व्यवसायीको हारगुहार, चीनसँग वार्ता गरिदिन आग्रह

लासास्थित कन्सुलेट जेनेरलले बिजपाटीलाई दिएको लिखित जवाफ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved