‘सरकार नसच्चिए हामी सुसाइट नोट लेखेर मर्नुपर्ने अवस्था आउँनेछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 04:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी किरण साखःले स्पञ्ज आइरन र तयारी बिलेटको आयातमा लगाईएको विभेदकारी भन्सार नीति नसच्चिए उद्योगीहरु आत्महत्या गर्न बाध्य हुने गुनासो गरेका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नाफिज संवादमा उद्योगी साखःले केही उद्योगीलाई फाइदा पुग्ने गरी स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिईएको तर, बिलेट आयातमा भन्सार र अन्तःशुल्क उच्च दरमा लगाईएको भन्दै बिलेट ल्याएर फलाम बनाउँदै आएका दर्जनौँ उद्योगहरु बन्द हुने र उद्योगीहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउने गुनासो गरेका हुन् । 

‘हामी तै तै बाँचिरहेका छौँ, संसदको उद्योग समितिले पनि हाम्रो कुरा सुनेर स्पञ्ज र बिलेटको आयातमा पूरानै भन्सार दर कायम गर्न निर्देशन दिएको छ’ नेपाल स्टिल रोलिङ मिल्स एसोसियसनका उपाध्यक्षसमेत रहेका साखःले भने, ‘संसदको समितिले दिएको निर्देशन पनि पालना नगरी केही सिमित उद्योगीहरुलाई मात्रै फाइदा पुग्ने नीति जबरजस्ती लगाईए सरकार र मन्त्रीको नाममा सुसाइट नोट लेखेर उद्योगीहरुले आत्महत्या नगर्लान् भन्न सकिन्न । त्यो अवस्था आउने खतरा मैले देखेको छु, किनकी करोडौ लगानी फसाएर यहाँ उद्योग सुरु गरेको छ उसले, सरकारले नै विभेद गरेपछि उसले गर्ने के ?

फलामे डण्डी बनाउन स्वदेशमै बनेको बिलेट खरिद गर्न आफूहरु तयार रहेको तर, उपलब्धताको ग्यारेन्टी सरकारले गरिदिनुपर्ने बताएका छन् । 

महिनामा ३० हजार मेट्रिक टन बिलेट खरिद गर्न आफू सहितका उद्योगीहरु तयार रहेको दाबी गर्दै साखःले थपे, ‘यहाँ बिलेट बनाउनेले भन्सार छुट पाएको छ, अन्तःशुल्क छुट पाएको छ, हामीले बाहिरबाट ल्याउने मूल्य भन्दा ४ रुपैयाँ सस्तो प्रति किलोमा दिन सक्छन् यहाँ बनाउँछु भन्नेहरुले ? सरकारले दिलाउन सक्छ ? सरकारले ग्यारेन्टी गरोस् हामी किन्न तयार छौँ, पञ्चकन्या छ, हामा छ, साखः छ, अरु अरु पनि छन् किन्ने । हिम्मत छ दिलाउने ?’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved