बीवाईडीको ब्लेड ब्याट्रीको 'नेल पेनिट्रेशन टेस्ट' सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 04:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडी (BYD)को ब्लेड ब्याट्रीले नेपालमा 'नेल पेनिट्रेशन टेस्ट' को सफल परीक्षण गरेको छ । आधीकारिक वितरक साईमेक्स इनक प्रालीले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शनका लागि नेल पेनिट्रेशन टेस्ट  'Nail Penetration Test' गरेको हो । 

यो टेस्ट ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण हो । हालसम्म बीवाईडीको टेक्नोलोजि पेटेन्ट गरिएको ब्लेड ब्याट्रीले मात्र नेल पेनिट्रेशन टेस्ट सफलतापूर्व सम्पन्न गरेका कम्पनीको दाबी छ । 

अतुलनीय सुरक्षा

नेल पेनिट्रेसन परीक्षणको क्रममा ब्लेड ब्याट्रीको प्रदर्शनले यसको असाधारण सुरक्षाको बारेमा कुरा गर्ने कम्पनीको भनाई छ । परम्परागत लिथियम आयन - एनसीएम ब्याट्री, परीक्षण्को बेला ५०० डिग्री सेल्सियसमाथिको उच्च तापक्रममा पुगेर आगो लागेको वा विस्फोटको केही संभावना नदेखिएको कम्पनीको भनाई छ । अनपेक्षित बाह्य शक्तिहरूको अधीनमा हुँदा पनि सुरक्षित र अप्रभावित रहन ब्लेड ब्याट्रीको क्षमताले यसको बेजोड विश्वसनीयता देखाउने कम्पनीले बताएको छ ।

बीवाईडीको ब्लेड ब्याट्री वर्षौंको अथक अनुसन्धान र विकासको परिणाम भएको कम्पनीको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved