झन् चर्कियो विवाद, प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको पनि लाइन काट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 08:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील उद्योगको पनि बिजुलीको लाइन काटेको छ । सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टीलले ६२ करोड बक्यौता बाँकी रहेको भन्दै प्राधिकरणले ति उद्योगको लाइन काटेको हो ।

 नेपाल विद्युत प्राधिकरणले बक्यौता महशुल नतिरेको भन्दै उद्योगको बिजुली काट्न थालेपछि लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटड ट्रंक लाइन’को विषय पुनः बल्झिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार उर्जा मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारीलाई राखेर बक्यौता नतिर्ने उद्योगको लाइन काट्न उर्दी जारी गरेसँगै शुक्रबार प्राधिकरणले ४ ठूला उद्योगको लाइन काटेपछि यो विवाद झन चर्किएको छ ।

प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो ।प्राधिकरणले आज थप २ ठूला उद्योगको लाइन काटेको हो  । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोकरिझ्याइँका लागि उद्योगी व्यवसायीलाई बद्नाम गराइरहेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाइरहेको छ । उद्योगीहरुले भने प्राधिकरणले फर्जी बिल काटेर आफुहरुले बाल्दै नबालेको बिजुलीको बिलको शुल्क मागेको बताईरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved