विद्युत प्राधिकरणले भन्यो 'किस्ताबन्दीमा बक्यौता रकम तिर्नलाई ३० दिनभित्र आवेदन दिनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 08:46:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउनको लागि आवेदन दिन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०८०|०९।१६ को बैठकले प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी निर्णय गरेको थियो। सोहि किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो।

केहि उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सहमत हुँदै किस्ताबन्दी तिर्न थालिसकेका छन् भने अधिकांश उद्योगले आफुले बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले देखाए मात्र बक्यौता तिर्ने बताएका छन् । प्रमाण खोजेका उद्योगहरुले आफुले बिजुली नै नबालेको बताउदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved