उद्योगमा बिजुली कटौतीको असर, फलामे डण्डीको भाउ फेरि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 01:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

२ हप्ताको अन्तरालमा फलामे डण्डीको भाउ २ पटक बढेको छ । पौष १० गतेसम्म प्रतिकिलो ९२ देखि ९३ रूपैयाँमा बिक्री भइरहेको फलामे डण्डीको भाउ अहिले १ सय रूपैयाँसम्म पुगेको छ । 

निर्माण सामग्री व्यापार संघका अनुसार पौष दोस्रो हप्ता फलामे डण्डीको भाउ बढेर प्रतिकिलो ९४ रुपैयाँदेखि ९६ रुपैयाँ पुगेको थियो । अहिले फेरि बढेर ९७ रुपैयाँदेखि १ सय रूपैयाँसम्म पुगेको छ । 

अधिकांश उद्योगको उत्पादन बन्द भएकाले भाउ बढेको व्यवसायीहरुले बताएका छन् । अधिकांश ठूला उद्योगमा विद्युत लाइन काटिएकाले उत्पादन नहुँदा डण्डीको मूल्य बढेको हो ।

विद्युतको बक्यौता बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले उद्योगको लाइन काटिदिएको छ । बिजुली नहुँदा उद्योग बन्द अवस्थामा छन् । 

जसका कारण बजारमा मूल्य बढेको मात्रै नभई फलामे डण्डीको अभाव नै सुरु हुन थालेको छ । माग नबढे पनि सबै खालका डण्डी पाउन मुस्किल रहेको व्यवसायीहरुले बताउन थालेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved