माउन्टेन इनर्जीले पहिलो वर्षदेखि नै लाभांश दिन्छ: प्रबन्ध निर्देशक शर्मा (भिडियोसहित)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Dec 02, 2020 | 01:26:33 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालल निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्टले माउन्टेन इनर्जीको कार्यालय डिल्लीबजारमा बुधबार शेयर बाँडफाँड गरेको हो  ।  

शेयर बाँडफाँड गरे संगै कम्पनीले पहिलो वर्षदेखि नै लगानीकर्तालाई लाभांश दिने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक डोलराज शर्माले कुन वर्षदेखि र कति लाभांश दिने भनेर अहिलेनै किटान गर्न नसकि भएतापनि लगानिकर्ताले लाभांश पाउन दुई तीन वर्ष कुर्नु नपर्ने बताएका हुन् । उनले पहिलो वर्ष देखि नै लगानीकर्ताले केहि न केहि पाउने बताएका हुन्   ।  

कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ  ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९८ प्रतिशत सकिएको छ  । कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ ।  

हेर्नुस भिडियो :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved