हिमालय उर्जा विकास कम्पनीले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज मंगसिर ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ६ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीक लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अति प्रभावित गोकुल गंगा गाउँपालिका वडा नम्बर १ तथा जिरी नगरपालिका वडा नम्बर १ र २ लाई ४० प्रतिशत, र अन्य प्रभावितलाई ६० प्रतिशत शेयर निष्काशन गरेको हो ।
लगानीकर्ता न्यूनतंम ५० कित्ता र अधिकतम ४९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट क्यापिटल रहेको छ ।
कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
आईपिओमा आवेदन दिनको लागि निम्न केन्द्र तोकिएको छ ।