गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ गते सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर लघुवित्तको आईपिओमा अर्त्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पर्ने भएकोले सो भन्दा माथिको लागि आवेदन दिनु उपयुक्त हुने छैन । लगानीकर्ताले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको थियो । कम्पनीले पुस २ गते अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।
गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय दुलेगौढा, तनहुँमा रहेको छ । हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।
यो पनि :