गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज बैशाख २० गते बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १०:३० बजे शेयर बाँडफांड गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन ।
आईपिओमा २१ गुणा बढीको आवेदन परेको छ। आईपिओमा ३ लाख २८ हजार ९ सय ६५ आवेदकबाट ६७ लाख ४७ हजार ९ सय ३० कित्ताको लागि आवेदन परेको थियो । यो भेरिफाई नभएको तथ्यांक भएकोले अन्तिम डाटा केहि तलमाथि हुन् सक्ने छ। कम्पनीको शेयर गोलाप्रथाबाट समान १० कित्ताको दरले बाँडफांड हुने हुँदा करिब २ लाख ९७ हजार बढी आवेदक हात खाली हुने छन् ।
गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय दुलेगौढा, तनहुँमा रहेको छ । हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।