इन्फिनिटी लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख २३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले माघ २९ आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
अब कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको आईपोले ग्रेड ४ को रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंङ दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ।
कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।