रिलायन्स लाईफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीके शेयर निष्काशन प्रक्रियाको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।
कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
हाल कम्पनीको सञ्चालकहरुमा भरत कुमार तोडी, पवन कुमार अग्रवाल र सुन्दर प्रसाद कँडेल छन् ।