अजोड इन्स्योरेन्सले असार २५ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 08:56:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि देखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरे साउन ८ गतेसम्म  आवेदन दिन सक्ने छन् ।   लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम  १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved