थ्री स्टार हाइड्रोपावरको आईपीओमा पर्यो छैठौं दिन मै ६ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 09:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

थ्री स्टार हाइड्रोपावर लिमिटेडले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपिओमा आज छैठौं दिन नै माग भन्दा झन्डै ६ गुणाको आवेदन परेको छ ।कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको थियो ।

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज शनिवार बेलुका ५ बजे सम्म थ्री स्टार हाइड्रोपावर लिमिटेडमा विदेशमा रहेका नेपाली नागरिकबाट ४ लाख ३३ हजार ८० कित्ताको लागि आवेदन परेको छ । जुन माग भन्दा करिब ६ गुणा हो 

कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको हो।  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

उक्त आवेदन बैशाख २५ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved