कुथेली बुखरीको आईपिओ बाँडफाँड भोलि आइतबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2023 | 11:44:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ भोलि आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले साउन ७ गते आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । 

कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।  

यस कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल्लागत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved