३ दिनमा १० लाखले भरे हिमालयन रिको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 05:43:41 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको आईपीओमा तेस्रो दिन १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन खुला गरेको तेस्रो दिन नै १० लाख ७१८ जनाले आवेदन दिएका हुन् । 

उक्त आवेदनबाट ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ संकलन भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिसकेको छ । सो आईपीओमा ३४ हजार २ सय ११ जनाबाट ४५ लाख ८४ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा परेको यो आवेदन हालसम्म कै उच्च हो ।  

नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो ।

हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved