हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 08:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले जारी गरेको सेयरमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि म्याद थप भएको हो । यद्यपि माग भन्दा बढीको आवेदन परेमा सो अगावै सर्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको हो। 

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved