हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 08:14:11 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार बिहान १० बजे शेयर बाँडफाँड हुने जनाएको हो ।

कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिए भन्दा १.२९ गुणा बढी हो।

कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved