तीन कम्पनीले १ अर्ब ६८ करोड बढीको आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि बोर्डमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 01:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आईपीओ निष्काशनका लागि आवेदन दिनेमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लफिङ्ग बुद्ध पावर नेपाल रहेका छन् ।

यी तीन कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७ सय ९७ कित्ता शेयर निष्काशन गर्न लागेका हुन् । 

जसमध्ये विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६  कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ४४ करोड ५४ लाख  ५९ हजार ६ सय रुपैयाँको आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

नेपालमा जलविद्युत विकास गर्ने उद्देश्यले २०७३ सालमा विकास हाइड्रो पावर कम्पनी लिमिटेडको स्थापना भएको हो । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित ४.५५ मेगावाट अर्थात ४५५० किलोवाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । 

त्यस्तै, रिड्जे लाईन इनर्जीले स्थानीय र सर्वसाधारणका लागि ५८ लाख ४ हजार २०१ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँको आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

रिड्जे इनर्जीले हाल गोरखाको चेपे नदीमा ९.०५ मेगावाटको सुपर चेपे हाइड्रोपावर प्रोजेक्ट प्रमुख जलविद्युत परियोजना निमार्ण गरिरहेको छ भने चेपे नदीमा नै ८.८ मेगावाटको दुधपोखरी चेपे हाइड्रोपावर प्रोजेक्टको प्रमुख लगानीकर्ता समेत हो ।

त्यसैगरी, लफिङ्ग बुद्ध पावर नेपालले स्थानीय र सर्वसाधारणका लागि ६५ लाख ७७ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ७७ लाख रुपैयाँको आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved