शौर्य सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 02:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा शेयर जारी गर्न लागेको हो । 

कम्पनीले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता शेयर बिक्री गर्न अनुमति माग गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डले शेयर निष्काशनको अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्नेछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved