सुर्य कुण्डले आईपीओ निष्काशन गर्ने, विक्रि प्रबन्धकमा एसविआई मर्चेण्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 07:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकत २० लाख कित्ताले हुने २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको जनाएको छ । हाइड्रोका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र मर्चेण्टका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।   

सुर्यकुण्डले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एस.वि.आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । 

यस कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

 यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडांै सवस्टेशनमा ल्याइनेछ । 

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved