ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 03:47:40 PM मा प्रकाशित

laxmi  sunrise bank

 ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२ लाख कित्ता साधारण शेयर  निष्काशन गर्न लागेको हो ।  कम्पनीले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved