क्लासिक भ्यु रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 04:09:13 PM मा प्रकाशित

laxmi  sunrise bank

क्लासिक भ्यु रिसोर्टले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलको आईडीया टु आईपीओ सेवा अन्तर्गत सम्झौता गरेको हो ।

क्लासिक भ्यु रिसोर्टले कम्पनीको जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १०,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । रिसोर्ट र क्यापिटलबीच संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा हस्ताक्षर भएको हो  ।

क्लासिक भ्यू रिसोर्ट बुडानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर हुन् भने अन्य संचालक तथा संस्थापक शेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेका विज्ञ टिम रहेको कम्पनीले उल्लेख गरेको छ ।  क्लासिक भ्यु रिसोर्ट आर्थिक रुपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रुपमा संचालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

यस रिसोर्टमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको पनि लगानी छ ।नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी छ 

 रिसोर्टले रमणीय परिवेश, सांस्कृतिक विसर्जन अनुभवहरू र पर्यावरण–मैत्रीपूण वातावरण मार्फत ग्रहकहरुको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका बिभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ । अतुलनीय विलासिता, सांस्कृतिक विसर्जनको प्रतिज्ञा सहित दूरदर्शी नेतृत्व, बलियो वित्तीय आधार र उत्कृष्टताप्रति समर्पणको साथ, क्लासिक भ्यू रिसोर्ट नेपालमा लक्जरी आतिथ्यतालाई पुनः परिभाषित गर्दै आम सेवाग्राहीहरुलाई उच्च कोटिको सेवा सुविधा प्रदान गरी पहिलो रोजाइको रिसोर्ट बन्ने लक्ष्यका साथ अगाढी बढिरहेको कम्पनीले जनाएको छ ।  क्लासिक भ्यु रिसोर्ट संचालनको लागि इन्डियन ख्याती प्राप्त ब्राण्ड SAROVAR को “Royal Tupil" ब्राण्डसँग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ ।

एनआईसी एशिया क्यापिटलले “ IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुऱ्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा, बिक्री प्रबन्धक सेवा तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउदै आईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved