तीन वटा लघुवित्तले आगामी भदौ २२ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।
जीवन विकासले बाँकि २ लघुवित्तलाई गाभेपछि जीवन विकासको नामबाट एकिकृत कारोबार हुन लागेको हो । एकिकृत कारोवारपछि जीवन विकास राष्ट्रिय स्तरको लघुवित्त हुने छ ।