लघुवित्तको निष्क्रिय कर्जा ८२ प्रतिशतले बढ्यो, ८ वटा लघुवित्त नोक्सानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 05:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा गैर–स्थलगत सुपरिवेक्षण गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार २०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ०.०८ प्रतिशतले घटेर २०७९ पुस मसान्तमा रू.३ खर्ब ९१ अर्ब ४४ करोड पुगेको देखिन्छ । यसैगरी २०७९ पुस मसान्तमा निष्क्रिय कर्जा रु.१८ अर्ब ३४ करोड अर्थात ४.६८ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो।

प्रतिवेदन अनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको छ । २०७९ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुकोब्याज आम्दानी रु. ३ अर्ब ३९ करोड र ब्याज खर्च रु. १ अर्ब ९१ करोड रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु.७९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो।

प्रतिवेदन अनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको दोस्रोत्रयमासको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा उल्लेखनिय ह्रास आएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस मसान्तमा खुद मुनाफा रु. ५ अर्ब ८९ करोड रहेकोमा ५८.९० प्रतिशतले ह्रास भई २०७९ पुस मसान्तमा खुद मुनाफा २ अर्ब ४२ करोड पुगेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. २७ अर्ब ३३ करोड र ब्याज खर्च रु. १६ अर्ब ५ करोड रहेको छ । यस अवधिमा सञ्चालित ६० खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ८ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।

यहाँ क्लिक गरेर प्रतिवेदन हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved