स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तले पाए मर्जरको लागि सैद्दान्तिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 10:24:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तलाई मर्जरको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले फागुन २८ गते यी दुई संस्थालाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको हो 

यस सँगै अब दुवै कम्पनीले आ-आफ्नो कम्पनीको साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्नु पर्ने छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबारको लागि बाटो खुल्ने छ ।

काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेका यी दुई लघुवित्तले मर्जर सम्झौता गरेका हुन्  । बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved