स्वावलम्बन लघुवित्तद्वारा ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 10:54:10 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्वन लघुवित्त वित्तीय संस्थाले स्वावलम्बन लघुवित्तद्वारा ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले ग्लोबल मनि विकको अवसरमा  चैत्र ६ गते देखि चैत्र १२ गतेसम्म विभिन्न जिल्लामा अवस्थित शाखा÷उपशाखा कार्यालयहरुमा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको छ  ।

कम्पनीका अनुसार स्थानीय जनप्रतिनिधि, कार्यक्षेत्रका ग्राहक सदस्य, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय, पत्रकार तथा बुद्धिजिवि गरि करिव १० हजार जनाको सहभागितामा उत्साहजनक रुपमा सफलतपूर्वक सम्पन्न भएको थियो ।  स्थानीय जनप्रतिनिधिहरुबाट यस प्रकारको वित्तीय शिक्षा तथा सामाजिक कार्यहरु स्थानीय स्तरमा निरन्तर रुपमा संचालन गर्न अनुरोध गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार संस्थाले आ.व. २०७६÷७७ मा नेपाल सरकारको केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु.२५ लाख तथा ६१ ओटा जिल्लामा कार्यालय रहेको स्थानीय निकायको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु.१० लाख आर्थिक सहायता समेत उपलब्ध गराएको थियो । आ.व. २०७६÷७७ मा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको १ करोड ३३ लाख रकम २०७७ आषाढ मसान्तमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पठाईएको थियो । 

कम्पनीले विपन्न वर्गको हितका लागि सदस्यको व्यवसाय पुनस्थापना, ग्राहक तथा निजको पति मृत्युमा राहत, ग्राहकको घर आगलागी, बाढीपहिरोबाट क्षतीमा राहत, कोभिडबाट प्रभावित सदस्यलाई राहत, गम्भिर रोग (क्यान्सर र मृगौला पिडित) ग्राहक तथा निजको पतिलाई राहत, सदस्यहरुको क्षमता अभिबृद्धिको लागि अवलोकन भ्रमण र अन्तरकृया कार्यक्रम संचालन, सदस्यहरुको केन्द्र बैठक संचालन गर्ने केन्द्रघर निर्माणमा सहयोग, केन्द्र प्रमुख गोष्ठी संचालन, विभिन्न विद्यालयमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण, वित्तीय साक्षरता कार्यक्रम संचालन, विभिन्न स्थानका प्रहरी चौकीमा अत्यावश्यक भौतिक समाग्री वितरण, ट्राफिक सचेतना कार्यक्रम, ग्रामीण समुदायमा शुद्ध खानेपानी व्यवस्था आदि कार्यमा यस चालु आ.व.२०७९÷८० मा वित्तीय संस्थाको संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट रु. ५० लाख र ग्राहक संरक्षण कोषबाट रु.१ करोड ६० लाख  गरि जम्मा रु.२ करोड १० लाख राहत÷सुविधा उपलब्ध गराईएको जनाएको छ । साथै, यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने कम्पनीले उल्लेख गरेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved