लघुवित्त विरोधी आन्दोलनमा बढी राजनीति भयो, राजनीतिकरण बन्द हुनुपर्छ: युवराज खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 01:25:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त विरोधी आन्दोलनमा बढी राजनीति भएको बताएका छन् ।  लघुवित्त कम्पनीहरुको संचालकहरुको संस्था माइक्रोफाइनान्स एसोसियसन अफ नेपाल (एम्फान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले लघुवित्त विरोधी आन्दोलनमा राजनीतिकरण सबैले बन्द गर्नु पर्ने बताएका हुन् ।

लघुवित्तको समस्या समाधानतर्फ लाग्नु पर्नेमा अहिले केहि व्यक्ति र संस्थाले राजनीतिकरण गरिरहेको र यस्तो कार्य बन्द गर्नु पर्ने उनले बताए । लघुवित्तमा समस्या आयो भन्दैमा लघुवित्त नै मास्ने अभियान चलाउनु भन्दा पनि समस्याको समाधान खोज्नु पर्ने उनले बताए ।  

अहिलेको समस्या ब्याजको नभई ऋणीको व्यवसाय बिग्रिएको कारणले आएको उनले बताए। ऋणीको बिग्रिएको व्यवसाय सुधार्न एकै ऋणीले धेरै लघुवित्तबाट ऋण लिएको र सो ऋण तिर्न नसक्दा अहिलेको समस्या आएको उनले बताए ।  यो समस्याको समाधान खोज्नेतर्फ सबै चिन्तित हुनु पर्ने उनले बताएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved