गभर्नर अधिकारीले खुलाए लघुवित्तको लाभांशलाई १५ प्रतिशतमा सिमित गर्नुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 03:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस पटक लघुवित्तको लाभांश कम गराएको स्वीकार गरेका छन् । राष्ट्र बैंकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा  गभर्नर अधिकारीले लघुवित्तको दिगोपना कै लागि यस पटक लाभांश घटाएको बताएका हुन् 

लघुवित्तको समस्या समाधानको लागि अध्ययन कमिटि गठन भईसकेको र सो कमिटिले दिएको प्रतिवेदन अनुसार नयाँ पोलिसी आउने उनले बताए । नयाँ पोलिसी नआउँदासम्मको लागि लघुवित्तलाई बचाएर टिकाई राख्नको लागि लाभांश १५ प्रतिशतमा सिमित गरिएको उनले उल्लेख गरे ।

भोलिको दिनलाई सोचेर लाभांश कम गरेको उल्लेख गर्दै उनले अहिले १५ प्रतिशत लाभांशले काम चल्ने दाबी गरे । उनले भने 'अहिले लघुवित्तमा समस्या आईरहेको छ, भोलि संस्था नै कोल्याप्स भए के गर्ने ? दिगोपनाको लागि रिटेन अर्निङ जोगाएर राख्न भनिएको हो' ।

उनले राष्ट्र बैंकले ल्याउने नीतिमा २ दर्जन व्यक्ति संलग्न रहने भन्दै राष्ट्र बैंक प्रोफेसनल संस्था रहेको र बयक्तिगत स्वार्थको लागि नीति नल्याउने प्रष्ट पारे । उनले राष्ट्र बैंक 'हाइली प्रोफेसनल' संस्था भएकोले राष्ट्र बैंकले ल्याउने नीतिलाई राजनीतिसँग जोडेर नहेर्न अनुरोध गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved