लघुवित्त विरुद्द आन्दोलन चलाईरहेका मनिराम ज्ञवाली आमरण अनसन बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 06:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । समितिले आज पत्रकार सम्मेलन गरेर आमरण अनसन बस्ने सहितका आन्दोलनका कार्यक्रम सर्वजनिक गरेको हो । 

समितिका अध्यक्ष ज्ञावालीले  न्यायको निम्ति आफूहरुले निष्कर्षसहितको अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए । 

यस्ता छन् समितिले घोषणा गरेको संघर्षका कार्यक्रम :

 १. चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने ।

२. २०८० साल बैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने ।३. बैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने ।

४. पीडितलाई स्वतरुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने ।

५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन शसक्त बनाउने ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved