आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 10:13:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने भएको छ।  दुई संस्थाबीच हिजो बुधबार गाभ्ने गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।

आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनीमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 

आशा लघुवित्तले नेप्सेमार्फत जानकारी दिएको सूचनामा भनिएको छ 'उपरोक्त सम्बन्धमा, नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६, मदानपुरमा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको यस आशा लघुवित्त वित्तीय संस्था लि. ले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. लाई गाभ्ने / गाभिने ( प्राप्ति) गर्ने उद्देश्य राखि प्रारम्भिक समझदारीपत्र (MOU) मा मिति २०७९ / १२ / २९ गते साँझ ६:०० बजे हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको व्यहोरा जानकारी गरिन्छ ।'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved