लघुवित्तबाट लिएको ४५ हजारले फेरियो नविना मियाँको जीवन, बाख्रापालन हुँदै आफ्नै कस्मेटिक पसल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 10:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँ जिल्लाको भानु नगरपालिका १० स्थायी ठेगाना भई हाल सुन्दरबजार ८ भोटेओडारमा बसोबास गरिरहेकी नविना मोयाँको जीवनकथा समाजमा सबैको प्रेरणाको श्रोत बनेको छ ।  महमद सलिम मियाँकी श्रीमती नविना मियाँ हाल सुन्दरबजार ८ भोटे ओडारमा आफनै निवासमा कस्मेटिक पसल सन्चालन गर्दै आएकी छिन् ।

 २०४८ साल मंसीर ४ गते जन्मिएकी नविना मियाँको १५ बर्षको कलिलो उमेरमा मोहम्मद सलिम मियाँसँग विवाह भएको थियो । कलिलो उमेरमा विवाह भएकोले साथी सङ्गीहरुसंग घुम्ने रमाउने र पढ्ने उमेरमा पारिवारिक बन्धनमा परेपछि आफ्ना अनेकौं इच्छाहरु मनभित्र गुम्साउदै परिवारका सदस्यहरुको इच्छा तथा योजना अनुसार चल्नु पर्ने बाध्यताका साथ जीवन अगाडि बढाउदै आएको बताउँछिन् ।

२ छोरी र १ छोराको जन्म भए पश्चात उनीहरुको पालन पोषण गर्ने तथा घरको चुल्हाचौका, घांसपात जस्ता दैनिक कार्यहरु गरेरै दैनिकी बित्ने गर्दथ्यो । ग्रामिण भेगबाट सहरमा आई आफ्ना बालबच्चाहरुलाई राम्रो स्कूलमा पढाउने र केही ब्यापार ब्यवसाय गर्ने मनमा इच्छा भएता पनि परिवारिक सरसल्लाह नमिलेको कारणले गर्दा सहरमा आई ब्यापार ब्यवसाय गर्ने चाहनालाई उनले थाति राख्नु पर्यो ।

उनको घरपरिवारबाट बजारमा बस्ने भन्दा पनि गाउंमै सपरिवार मिलेर कृषि पेशा अपनाई आम्दानि गर्नुु पर्छ भनी गाउँमै बस्न प्रेरित गर्थे । उनको श्रीमान  नेपालमा भनेजस्तो रोजगार नपाएपछि  बैदेशिक रोजगारको क्रममा कतार गए। उनकोे औपचारिक शिक्षा, काम गर्ने सीप तथा दक्षता कमी भएकोले शुरुका दिनहरु दुःखका साथ वितेको र भोलिका लागि के गर्ने भन्ने सोचाइले दैनिक उनलाई पिरोलिरहने गर्दथ्यो ।

यसै क्रममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट सामुहिक जमनीमा कर्जा लगानी गर्छ भन्ने कुरा थाहा पाएर उनी उक्त वित्तीय संस्थाको शाखा कार्यालय चन्द्रेश्वरमा २०७३ सालको मंसिर महिनामा समुहमा आबद्ध भइन् र बाख्रापालनको लागी रु.४५,०००÷– कर्जा लिएर ४ ओटा माउबाख्रा खरिद गरी बाख्रापालन व्यवसाय शुरु गरिन् । परिबारमा अन्य सदस्यहरुको साथले बाख्रापालनबाट पनि राम्रो आम्दानी हुदै गयो । श्रीमानले बैदेशिक रोजगारीबाट कमाएको रकमबाट घरायसी खर्चहरु पूरा हुदै आएकोले दुःखसुख गरी कृषि पेशाबाट भएको आम्दानि मासिक रुपमा बचत गर्न सुरु गरिन् । यसका साथसाथै अन्य आम्दानिका श्रोतहरु पनि खोज्दै जाने क्रममा आफ्नो चाहना पनि बजारमा बसेर केही ब्यवसाय गर्ने र आफ्ना बालबच्चाहरुलाई पनि पठनपाठनमा सहज हुने भएकोले बिदेशिएका श्रीमानका साथसाथै सासु ससुरासंग सरसल्लाह गरी  थोरै थोरै गरी गरेको बचत रकम एकमुष्ठ निकाली नपुग रकम रु १,००,०००÷– ग्लोबल आइएमई लघुवित्तबाट कर्जा लिएर कस्मेटीक पसल सन्चालन गर्न गरिन् । ब्यवसायलाई अझ ठूलो बनाउने उद्देश्यले पुनः रु ३,००,०००÷– कर्जा लिई ब्यवसायमा लगानी गरिन् ।

श्रीमानले वैदेशिक रोजगारबाट कमाएको रकम मध्ये केही रकमले बालबच्चाहरु पढाउने देखि घरमा हुने सबै खर्चहरु टार्र्दै आएको तथा हालको व्यवसायबाट दैनिक रुपमा भएको आम्दानिबाट आफूले चलाएको कर्जाको किस्ता तिर्न र केही रकम बचत गर्न सकिएकोले आर्थिक अवस्थामा धेरै सुधार आएको उनी बताउँछिन् ।

लिएको कर्जाको सही सदुपयोग गरी आम्दानिको श्रोत मजबुत बनाएकी नविना भन्छिन्– “ब्यवसाय संचालनका लागि हातमा पैसा नभएको समयमा ग्लोबल आइएमई लघुवित्तले दिएको कर्जाले मेरो आर्थिक अवस्थामा सुधार ल्याएको छ । सानोतिनो खर्च गर्न पनि अरुको भर पर्नु पर्ने अवस्थाबाट आज म मुक्त भएकी छु । हातमा सीप भएको तर काम गर्न पैसा नभएकाहरुका लागि ग्लोबल आईएमइ लघुवित्तको सहयोगले अन्य सदस्यरुलाई पनि उद्यमी बनाउन सहयोग गरेको छ । यसका लागि ग्लोबल आईएमइ लघुवित्तका सर तथा मेडमहरुलाई म र मेरो परिवारको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौं ।” 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved