व्यवसाय प्रभावित भएका ऋणीलाई ग्लोबल आईएमई लघुवित्तले ल्यायो पुनर्स्थापना कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 01:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको व्यवसाय पुनर्स्थापनामा सहयोग गरेको छ । कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारणले व्यवसायलाई निरन्तरता दिन नसकी परियोजना बन्द गर्नु परेका ऋणीलाई संस्थाले पुनर्स्थापना गरि रोजगारी सृजना गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम ल्याएको जनाएको छ।

संस्थाले पहिलो चरणमा ९ वटा शाखाका ऋणी सदस्यहरुको व्यवसाय पुर्नस्थापनाको लागि आवश्यक सहयोग सामग्री वितरण गरेको छ । संस्थाले ऋणीहरुले सञ्चालन गरेका परियोजनामा कुन किसिमको समस्या आई व्यवसाय बन्द भएको हो सोको निरीक्षण गरी वास्तविकताको आधारमा आवश्यक प्राविधिक एवं भौतिक सहयोग गरेको छ ।

असल नियत भएका तर वास्तविक समस्याको कारण व्यवसाय पूर्ण रुपले बन्द भइसकेका सदस्यहरुलाई पुन ः स्वरोजगार बनाउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास लघुवित्तले लिएको छ । वित्तीय संस्थाले सातै प्रदेशमा रहेका शाखाहरु मार्फत यस किसिमको कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने जानकारी गराएको छ ।

वित्तीय संस्थाले हाल ५४ जिल्लामा १२० वटा शाखा मार्फत करिब ७५,००० सदस्यहरु सँग कर्जाको कारोबार गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved