आशा लघुवित्तका कर्मचारीलाई कार्य संचालन जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 08:42:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 आशा लघुवित्तका कर्मचारीलाई कार्य संचालन जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

संस्थाले शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम प्रदान गरेको हो । । वैशाख १३ र १४ गते सञ्चालित तालिममा ५५ वटा शाखा कार्यालयका फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए । उनले तालिमले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । तालिममा कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम हरी कुमार सिलवाल तथा श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए ।

आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी लगायत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ तथा राजिव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

तालिमकै अवसरमा आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट फिल्ड कर्मचारी माधव प्रसाद पाण्डेयलाई प्रसंशापत्र सहित नगद पुरस्कारले सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved