लघुवित्त विरोधी आन्दोलनका अध्यक्ष भन्छन् 'ऋण मिनाहाको माग सम्बोधन गर्न प्रचण्ड सहमत'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 05:59:19 PM मा प्रकाशित

लघुवित्त खारेजी लगायतका माग राखेर आन्दोलन गरिरहेका 'आन्दोलनकारी' र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ। प्रधानमन्त्री कार्यलयका जनसम्पर्क विज्ञ वुद्धि जिसीको संयोजकत्वमा उक्त वार्ता भएको जनाइएको छ। 

वार्तामा आफ्ना मागहरुबारे प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको र वार्ताबाटै समाधान खोज्नुपर्ने धारणा आएको लघुवित्तीय संस्था विरुद्द्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले बिजपाटीलाई बताए। 

ज्ञवालीकाअनुसार प्रधानमन्त्री प्रचण्ड आन्दोलनका मागबारे सकारात्मक भएकाले संघर्ष समितिले वैशाख १७ आजदेखि घोषणा गरेको आमरण अनशनको कार्यक्रम स्थगित गरिएको छ। 

ज्ञवाली भन्छन्, 'हामीले उठाएका पाँचवटा मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, आजै घोषणा हुने गरी वार्ता टोली तयार हुने भनिएको छ, त्यसैले वैशाख १७ देखि हुने भनिएको आमरण अनशनको आन्दोलन तत्कालका लागि स्थगित गरेका छौँ।'

लघुवित्त खारेजी र लघुवित्तबाट लिएको ऋण मिनाहाको मागमा पनि प्रचण्ड सहमत भएको समेत अध्यक्ष ज्ञवालीले दावी गरे। लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग गर्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालको नाममा ज्ञवालीको नेतृत्वमा विगत डेढ वर्षदेखि आन्दोलन जारी छ । उनीहरुले ऋण मिनाहाको पनि माग गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्त सम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र समस्या समाधान गर्न  तथा संघर्ष समितिका माग अध्यन र संघर्ष समितिसॅग छलफल गर्न आजै सरकारी प्रतिनिति तोक्ने आश्वासन दिएको उनका सचिवालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved