राष्ट्र उत्थान लघुवित्तबाट सुधीर लोहनीको बिदाई, जयालाई स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2023 | 09:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाबाट सेवा निवृत्त भएका संस्थापक अध्यक्ष तथा विगत चार वर्षदेखि पहिलो कार्यकारी निर्देशक रहँदै आएका सुधीर प्रसाद लोहनी बिदाई गरेको छ । साथै नवनियुक्त कार्यकारी निर्देशक जया लोहनीलाई स्वागत गरेको छ । 

केन्द्रीय कार्यलयद्वारा आयाेजित १ दिने "जाेखिम तथा असुली व्यवस्थापन सम्बन्धी आवासीय अन्तरक्रिया / तालिम" मा कम्पनीले सुधीर प्रसाद लोहनीलाई बिदाईगर्दै जया लोहनीलाई स्वागत गरेको हो।

सो कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका सबै १०१ शाखासमेतका ३०० भन्दा बढी कर्मचारीहरूकाे उपस्थिति रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रममा केन्द्रीय कार्यलयका विभागीय प्रमुख र  ईलाका निर्देशकहरूले कर्जा जाेखिम व्यवस्थापन र कर्जा असुली बारे प्रशिक्षण दिनुका साथै वर्तमान समस्या एवं चुनौती सम्बन्धमा अन्तरक्रिया पनि सम्पन्न गरिएको थियो।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved