साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 08:15:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जर प्रक्रिया सकेर असार २४ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको हो ।

दुवै कम्पनीको जेठ १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले  जेठ २४ गते यी २ कम्पनीलाई मर्जमा अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै असार ७ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि असार २४ गतेबाट एकिकृत कारोबार हुन लागेको हो ।

एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसंनको काम गर्नु पर्ने भएकोले असार २२ गते ३ बजेदेखि असार २४ गते  बिहान ९ बजेसम्म दुवै कम्पनीले प्रदान गर्ने सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ।

यी २ संस्था १००ः८७ को स्वापमा मर्ज भएका हुन्। अर्थात् साना किसान लघुवित्तका लगानीकर्ताले १ कित्ता बराबर १ कित्ता नै शेयर पाउने छन् भने आरएमडिसीका लगानीकर्ताले १ कित्ता बराबरको ०.८७ कित्ता शेयर पाउने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved