डिप्रोक्स लघुवित्तद्वारा भूकम्प प्रभावित सदस्यको लागि राहत प्याकेजको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 02:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तले भूकम्प प्रभावित सदस्यहरुको लागि राहत प्याकेजको घोषणा गरेको छ ।   कार्तिक १७ गते शुक्रवार मध्यरातमा कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु बनाई गएको भूकम्पमा लघुवित्तका केहि सदस्यको पनि मृत्यु भएको कम्पनीले जनाएको छ  । 

कम्पनीका अनुसार सो भुकम्पको कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको जाजरकोट जिल्लाको खलङ्गा र मिल बजार शाखा कार्यालय अन्तर्गतका सदस्यहरु र पश्चिम रुकुम जिल्लाका सिमबजार शाखाका सदस्यहरु सहित आसपासका अन्य क्षेत्रमा समेत प्रभावित भएको जानकारी प्राप्त भएको छ । 

 शाखा कार्यालयहरुको प्रारम्भिक प्रतिवेदन अनुसार खलंङ्गा जाजरकोटमा संस्थामा आवद्ध ५ जना सदस्य र ८ जना सदस्यको छोरा छोरी समेत १३ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् ।  १५४ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५०० वटा घर सामन्य क्षति भएको छ । शाखा कार्यालय मिलबजार जाजरकोटमा १ जना सदस्यको मृत्यु भएको र १ जना सदस्यको परिवारको मृत्यु भएको साथै ६० घर पूर्ण रुपमा क्षति भएको र २०० घर आंशिक क्षति भएको लघुवित्तले जनाएको छ ।

त्यसैगरी, पश्चिम रुकुमको सिमवजार शाखामा यस संस्थामा आवद्ध सदस्यहरुको ५० घर पूर्ण रुपमा क्षति भएको र २०० घर आंशिक क्षति भएकोे जानकारी प्राप्त भएको लघुवित्तले उल्लेख अग्रेको छ । 

 डिप्रोक्स लघुवित्तले आफ्ना सदस्यहरुको मानविय तथा भौतिक क्षति भएको हुँदा कर्णाली प्रदेशमा मानविय सहायता स्वरुप क्षति भएको शाखा कार्यालयहरु बाट आफ्ना सदस्यहरु र तिनका परिवार लाई निम्न अनुसारको राहत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

१. ज्यान गुमाएका सदस्यको हकमा मृतकको परिवारलाई रु. २५,०००÷०० उपलब्ध गराउने ।

२ं परिवारको अन्य सदस्यहरुको ज्यान गुमाएका सदस्यको परिवारलाई रु. २०,०००÷०० उपलब्ध गराउने ।

३. सदस्य तथा निजका परिवार घाईते भएमा प्रति घाईते रु. १०,०००÷०० उपलब्ध गराउने ।

४. सदस्यको बस्ने घर पूर्ण रुपमा क्षति भएमा रु. ५,०००÷०० उपलब्ध गराउने ।

५. सदस्यको ब्यवसाय र आंशिक रुपमा घर क्षति भएमा रु. २,५००÷०० उपलब्ध गराउने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved